बाल उद्धार माविको अध्यक्षमा ध्रुवप्रसाद घिमिरे निर्वाचित



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको एकमात्र नमूना  विद्यालय ‘बाल उद्धार माध्यमिक विद्यालय’को अध्यक्षमा ध्रुवप्रसाद घिमिरे पुनः निर्वाचित भएका छन् ।

२०८० मंसिर २२ गते भएको बृहत अभिभावक भेलामा भएको मतदानमा करिव–करिव शतप्रतिशत मत पाएर निर्वाचित भएका ध्रुवप्रसाद घिमिरेले अघिल्लो कार्यकालमा विद्यालयको पूर्वाधार विकासमा नमूनायोग्य योगदान पुर्याएका थिए ।

नवगठित विद्यालय व्यस्थापन समितिमा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा.भगवान अर्यालदेखि अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय नेतृत्वमा रहेका विद्यालयका पूर्व विद्यार्थी सुबिन चालिसे समेत समेटिएका छन् ।

नवगठित कार्यसमित
अध्यक्ष : ध्रुवप्रसाद घिमिरे
सदस्य : डा. भगवान अर्याल
सदस्य : दिल कुमारी बि.क.
सदस्य : पवित्रा रानागर
सदस्य : मिरा रेग्मी
सदस्य : सुविन चालिसे
सदस्य–सचिव : विनोद पण्डित रहेका छन् ।

९ सदस्यीय विद्यालय व्यवस्थापन समितिमा १ जना शिक्षक प्रतिनिधि र एकजना महिला सदस्यको छनोट हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्