राष्ट्रिय टिमबाट बाहिरीए क्रिकेटर सन्दीप लामिछाने



काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट बाहिरीएका छन् ।

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा हिजो ८ वर्ष कैद सजायको अन्तिम फैसला गरेसँगै उनले हिजो नै क्यानलाई एक पत्र लेखेर राष्ट्रिय टिमबाट बाहिरिएको जानकारी दिएको बताइएको छ ।

उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र लेखेर यसबारे जानकारी दिएको भनिए पनि यसबारे क्यानले हालसम्म औपचारिक जानकारी दिएको छैन । क्यानका अध्यक्ष चन्दले यो विषयमा आजै प्रेस रिलिजमार्फत जानकारी दिने बताए ।

क्यानलाई लेखेको पत्रमा सन्दीपले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भएपनि न्यायका लागि माथिल्लो अदालतमा जाने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्