दूरसञ्चारका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा



काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । अध्यक्ष खनालले मंगलबार बिहान राजीनामा दिएको सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।

खनाल २०७६ साल साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । २०७५ पुस ११ मा तत्कालीन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि वरिष्ठ निर्देशक पदमा कार्यरत खनाललाई सरकारले निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो ।

पछिल्लो समय मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को पूर्ण कार्यान्वयनमा समस्या आइरहेको बेला प्राधिकरणका अध्यक्ष खनालले राजीनामा बुझाएका हुन्।

प्रतिक्रिया दिनुहोस्