
काठमाडौं । बिभिन्न पेसा र कर्म थलोका रुपमा राजधानिमा बस्दै आयका सर्लाही हजरिया बासीहरुको संगठन हजरिया सेवा समाजको ५ औँ महाधिवेशन तथा साधारण सभा शनिबार काठमान्डौमा सम्पन्न भएको छ । आज शंखमुलको बिसौनी चिया घरमा भएको साधारण सभाले नरेश थापाको अध्यक्षतामा नयाँ कार्यसमिती मन्डल समेत चयन गरेको छ ।
नव निर्वाचित कार्यसमितिमा बिष्णु पौडेल,फिरोज खड्का ,कौशल खड्का, दिनकर सिङ दाहाल र दिप्ती दहाल गरी ५ उपाध्यक्ष तथा सचिबमा पत्रकार नबिन गिरी , सह सचिबमा प्रेक्षा कार्की कोसाध्यक्षमा सन्तोष पोखरेल रहेका छन । त्यसैगरी सदस्यहरुमा बिजय दहाल,सलिना कडाल,सुनिता वाग्ले, अभिषेक कुमार महतो, प्रमिला कार्की, अन्जना बस्नेत, सरोज कुमार चौधरी,हेम बहादुर लामा, ज्ञानु परियार, बिमल पोखरेल, रामानन्द महतो र नागेन्द्र सहनी रहेका छन्।





