राइड शेयरिङ टुटलका संस्थापक भट्ट पक्राउ



काठमाडौं । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपीले बताए ।

उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।

प्रहरीका अनुसार, यो विवाद टुटलसँगै सम्बन्धित छ । भट्टका साथीहरुले सुरुमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । त्यहाँबाट यो विषय प्रहरीसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्