जब रिटर्नी फेडेरेसनका सदस्यहरुले धापासीको लाम्पाखा पार्क सफाई गरे…



काठमाडौं । काठमाण्डौ धापासी स्थित लाम्पाखा पार्क बैदेशिक रोजगारबाट फर्केका रिटर्नीहरुले सफाई गरेपछि चिटिक्क देखिएको छ ।

रिटर्नी फेडेरेसनका सदस्यहरुले उक्त संगठनको तेश्रो स्थापना दिवसको सन्दर्भ पारेर पौष १३ गते टोखा नगरपालिका वार्ड नं.४ स्थित उक्त पार्क सफाई गरेका हुन् । फेडेरेसनका उपाध्यक्ष काजी बहादुर थापाको संयोजनमा संगठनका ३० जना स्वयंसेवकहरुले ४ घण्टा लगाएर पार्क सफाई गरे ।

फेडेरेसनका अध्यक्ष उत्तम अधिकारी सहितको टोलीले बिहान १०ः३० बाट दिउँसो २ः३० बजेसम्म पार्कमा जम्मा भएका फोहोर बटुल्ने, लामो समयदेखि बढेका झाडीहरु काँटछाँट गर्ने, बिरुवाहरु गोडमेल गर्ने, सुकेका र ढलेका रुख तथा बिरुवाहरुलाई आकर्षक ढंगले मिलाउने, पार्कभरि रहेका घाँसहरु उखेल्ने, काट्ने र पन्छाउने काम गरे ।

सफाई कार्यक्रममा टोखा ४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ लगायत स्थानिय समाजसेवीहरुको समेत सहभागिता रहेको थियो । दुषित अवस्थामा पार्कको मध्यभागमा रहेको गोलाकार फाउन्टेनको संरचना सफाईपश्चात आकर्षक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्