प्रवासी नेपालीहरुले अष्ट्रेलियाको पर्थमा मनाए टोपी दिवस



अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियास्थित पर्थमा प्रवासी नेपाली मंचका नेपालीहरुले नेपाली टोपी दिवस तथा नयाँ बर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छन् ।

नेपालीहरुले सामुहिक रुपमा जम्मा भएर सामाजिक कार्यसहित खेलखुद प्रतियोगिता समेत संचालन गरि टोपी दिवस र नयाँ बर्ष मनाइएका हुन् । सबै उमेर समुहका खेलहरुले सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो । मंचका अध्यक्ष तेजेंद्र बिक्रम मल्लको संयोजकत्वमा भएको उक्त कार्यक्रमको संचालन मन्चका सचिब गोपाल घिमिरेले गरेका थिए । उक्त कार्यक्रममा उपस्थिति सबैजनालाई एनआरएनए आइसीसीका सल्लाहकार भैरब ढकालले नेपाली ढाका टोपी निःशुल्क बितरण गरेका थिए ।

उक्त अनौपचारिक कार्यक्रममा प्रवासी नेपाली मंचका राष्ट्रीय सल्लाहकार तथा एनआरएनए आइसीसी सल्लाहकार ढकाल, सिटी अफ अर्माडेल काउन्सिलका काउन्सिलर शानाभास पिटर ,ओएनएफ ओसियाना कमिटीका सदस्य मधु पन्थी, ओएनएफ अष्ट्रेलिया राष्ट्रिय कमिटीका उपसचिब तथा पश्चिम अष्ट्रेलिया इन्चार्ज होमनाथ निरौला, मंचका सल्लाहकार तथा एनआरएनए वेष्ट्रन अष्ट्रेलियाका पुर्ब कोर्डिनेटर कृष्णमान श्रेष्ठ , एनआरएनए वेष्ट्रन अष्ट्रेलियाका कोर्डिनेटर शेखर घिमिरेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

त्यसैगरी, टोपी दिवस र नयाँ बर्षको शुभकामना मन्तब्य राख्नेहरुमा एनआरएनए वेष्टन अष्ट्रेलियाका डेपुटी कोअर्डिनेटर महेश लामा, एससीसी सदस्य विरेन्द्र उदास, युथ कोर्डिनेटर मनिष सिग्देल, महिला कोर्डिनेटर मीम सुभ गुरुंग, सल्लाहकार एकराज राई, एनआरएनए राष्ट्रिय कमिटीका सल्लाहकार दिपक पराजुली, नावाका पुर्व अध्यक्ष यादव शर्मा, नावाका सदस्य समुन्द्र पुरी, ओएनएफ सचिवालय सदस्य याम पन्थी, याम केसी, दिपक सुबेदी, मंचका पुर्ब अध्यक्ष अग्निधर भण्डारी, मगर समाजका अध्यक्ष टेक मगर, तामाङ समाजकी अन्जु तामाङ थिए ।

कार्यक्रममा एनआरएनए सचिब किशोर कुँवर, पुर्ब कोर्डिनेटर दिपक बस्नेत, राष्ट्रिय कमिटी एनआरएनए का सल्लाहकार मिक्की सुबेदी एनआरएनए एनसीसी सदस्य सुनिल श्रेष्ठ, एक्सपर्ट एजुकेशनका दीपेन्द्र चौधरी तथा सामाजिक अभियन्ता सचित बिष्ट, अनि नेपालबाट आएका अभिभावकहरुको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्