
अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाइएको छ।
मञ्चको आयोजनामा एडिलेड, पर्थ र राजधानी क्यानबेरामा टोपी दिवस मनाइएको हो।

मञ्चको साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा एडिलेड सहरमा पदयात्रा गरिएको थियो। स्थानीय जोन मिलर रिजर्भबाट समुन्द्री किनार हुँदै सुरू भएको पदयात्रा एडिलेडको चर्चित वीच ग्लेनेल पुगेर पुनः जोन मिलर रिजर्भमा आएर समापन भएको थियो।

मञ्चले साउथ एडिलेडमा १०१८ सालदेखि टोपी दिवस मनाउँदै आएको हो । पदयात्रा पछिको संक्षिप्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदूत दिपक धमलाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै प्रवासमा नेपाल र नेपालीको इज्जत बढाउने गरी काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा साउथ अष्ट्रेलियाकै पहिलो नेपाली मुलकी स्थानीय काउन्सिलर रेनुका लामाले नेपाली पहिचानलाई अष्ट्रेलियामा क्रियाशिल बनाउन सबैलाई आग्रह समेत गरिन् ।





