बालकुमारी घटनामा मारिएका दुई युवकको शव परिवारको जिम्मा



काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका दुई युवकको शव परिवारले जिम्मा लिएका छन् ।

दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार घर लगिएको प्रहरीले जनाएको छ । अछामका वीरेन्द्र शाहको शव पनि आज नै प्रहरीले परिवारलाई जिम्मा लगाउने तयारी गरेका छन् ।

उनको शव सुर्खेतमा पुगेको छ । त्यहाँबाट अछाम लाने तयारी गरिएको छ ।

गत शुक्रबार बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका विद्यार्थी र प्रहरीबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो । वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्