राजतन्त्रको बहस नेपालमा सम्भव छैन : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजतन्त्रको बहस नेपालमा सम्भव नभएको बताएका छन् ।

नेपाली कांग्रेसको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बोल्दै उनले नेपाली जनता चुसेर गरिब बनाउने सैद्धान्तिक वैचारिक कुनै हिसाबले राजतन्त्र सम्भव नभएको बताएका हुन् ।

उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘एकताको कुरा गर्नु भएको राम्रो हो । लोकतन्त्र भनेको प्रतिस्पर्धाको प्रणाली हो यो स्वास्थ्य हुनुपर्छ । हाम्रो कपाल यतिकै फुलेको छैन हामी राजतन्त्र र तानाशाहि आउन दिदैनौ ।’

प्रतिक्रिया दिनुहोस्