नेकपा एमाले बूढानीलकण्ठ–१० को वडा अधिवेशन भोलि : नेतृत्वका लागि उपाध्यक्ष र सचिव मैदानमा



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको सबैभन्दा धेरै मतदाता र पार्टी सदस्यता भएको १० नम्बर वडामा नेकपा एमालेको अधिवेशन कार्की ईभेन्टमा बिहान दश बजेदेखि शुरु हुँदैछ ।

नेतृत्व छनोटका लागि हुने वडा अधिवेशनमा पार्टी वडा कमिटीकै उपाध्यक्ष कमला कार्की रानामगर र सचिव शम्भुशरण पौडेल अध्यक्षको मुख्य दौडमा रहेका छन् ।

वर्तमान वडा कमिटीका सह-सचिव नवराज देउजाले आफू पनि अध्यक्षकै दौडमा रहेको परिवर्तन खबरलाई बताएका छन् ।

अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने त्यसो हुन नसकेमा लोकतान्त्रिक प्रक्रिया अपनाएर भएपनि भोलि नै नेतृत्वको टुङ्गो लगाउने एमाले जिल्ला कमिटीका नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्