वडा अधिवेशनको तीब्र तयारीमा नेकपा एमाले बूढानीलकण्ठ–११



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ–११ को वडा अधिवेशनको तयारी तीब्र रुपमा अगाडि बढेको छ ।

२०८० साल पौष २८ गते शनिवार बंगलामुखी मन्दिर परिसरमा बिहान १० बजे  आयोजना हुने अधिबेशनवाट बिधान बमोजिम आगामी कार्याकालको लागि नयाँ कमिटी चयन समेत हुनेछ ।

आगामी नेतृत्वको बारेमा परिवर्तन खबरले जिज्ञासा राख्दा कमिटिका अध्यक्ष कृष्ण भट्टराईले अहिले अधिवेशनको सफलताको लागि आन्तरिक तयारी, भेला र बैठक बसिरहेको र प्रतिबेदन लेखनको कार्य भैरहेकोले त्यसउपर कुनै सल्लाह नभएको र आपसी सहमति र सहकार्यबाटै  नयाँ कमिटिको निर्माण हुने जानकारी दिए ।

साथै, उक्त दिन सबै कार्यकर्ता, सुभचिन्तक र पार्टी नेताहरुलाई सक्रिय सहभागीताको लागि समेत कृष्ण प्रसाद भट्टराईले  पार्टी कार्यकर्ता सबैलाई अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्