उच्च अदालतमा पेसी व्यवस्थापनमा स्वचालित प्रणाली सुरु



काठमाडौँ । मुलुकका सबै उच्च अदालतमा आजदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज उच्च अदालत पाटनमा सो प्रणालीको उद्घाटन गरे ।

यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्