भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला



भक्तपुर । भुक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–८ सिपाडोलमा प्रहरी नायव निरीक्षक(सई)मृत फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।

उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुखले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्