
काठमाडौं । सर्वोच्च अदातको न्यायाधीमा सिफारीस भएको छ जनाको नाम संसदीय सिुनुवाई समितिबाट अनुमोदन भएको छ ।
समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका ६ जनाकै नाम अनुमोदलन गरेको हो ।
न्यायपरिषद्ले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो । त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो ।
सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम नियुक्तका लागि सिफारिस भएको थियो ।





