
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ ।
महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँम कारोबार भइरहेको महासंघले जनाएको छ ।





