एमाले कोसी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोसी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी गणेश दाहाललाई पराजति गरी घिमिरे कमिटीको दोस्रो अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

कमिटीको उपाध्यक्षमा बिमल काफ्ले, सचिवमा सुरज काफ्ले, उप–सचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने निर्वाचित भएका हुन् । त्यस्तै ४४ सदस्यहरु पनि निर्वाचित भएका छन् ।

यस्तै खुल्ला महिला आठ जना, समावेशीबाट पाँंच जना पनि निर्वाचित भएका छन् । यसअघि अधिवेशनको उदघाटन पार्टीको बुद्धिजीवी परिषद्का अध्यक्ष अमृतकुमार बोहराले गरेका थिए ।

अधिवेशन मंसिर २३ गते शनिबार राजधानीमा भएको थियो । त्यसपछि मंसिर २४ र २५ गते तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुर नेपालमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्