सुनको मूल्य घट्यो, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसरा आइतबार छापावाल सुन प्रतिोला एक लाख १७ हजार ५०० रुपैयाँले र तेजावी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्