त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन सहित दुई जना पक्राउ



काठमाडौं । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन सहित दुई जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याउन लागिएको झन्डै १४ किलो सुन भन्सार कार्यालयका कर्मचारीहरूले बरामद गरेका हुन्।

फ्लाई दुबईको फ्लाइट एफजेड ५७३ मार्फत बिहीबार राति काठमाडौं आएका चन्द्र घलेलाई ११ बजेर ४० मिनेटमा सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले छातीमा लुकाएर कपडाले बेरेर बिस्कुटजस्तो आकारको सुन ल्याएका थिए । सोधपुछमा घलेले उक्त सुन विमानस्थलबाट पक्राउ परेका अर्का व्यक्ति मीनबहादुर घलेको भएको बताएका थिए ।

युएईबाट फ्लाइ दुबईको एफजेड–५७३ विमानमा काठमाडौं आएका ४५ वर्षीय घले गोरखा निवासी हुन् । उनले छातीमा कपडाले बेरेर सुनका सातवटा बिस्कुट लुकाएका थिए ।

सुन ल्याउन लगाउने व्यक्ति मीनबहादुर घले भएको खुलेको छ । उनलाई पनि प्रहरीले समातिसकेको छ । भरिया बनेका चन्द्र घलेको वयानका आधारमा मीन समातिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्