कवाडी गोदाममा आगलागी, दुई जनाको मृत्यु



विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो २स्१५ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । आगलागीमा परेर घाइते भएका एक जनाको उपचारका क्रममा विराटनगर न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्