४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री हुन जरुरी छ : अध्यक्ष तिमिल्सिना



काठमाडौं । बालक्लवमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताए ।

आजबाट काठमाडौमा सुरु भएको बालक्लवका पुर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले बालक्लवमा आवद्ध भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न सक्छ, जसका लागी ४० वर्ष भित्र नै देशको प्रधानमन्त्री हुन जरुरी रहेको बताएका हुन् ।

‘बालबालिकामा लगानी बढाउन सकियो भने देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकीन्छ भन्ने बालक्लवका पुर्वसदस्यहरुको यो भेलाले सरकारलाई सन्देश दिएको छ ।’ उनले भने, ‘देश विकासको मेरुदण्ड युवा दक्ष जनशक्ति हुन, ति दक्ष जनशक्ति उत्पादन गर्न सरकारले घरघरमा शिक्षा, स्वास्थ सहित लगानी गर्नुपर्ने, साथै बालक्लवमा लगानी बढाई बालबालिकालाई संगठित गरिनुपर्ने छ ।’ अहिले पनि बालबालिकालाई श्रममा लगाउने, पिट्ने अवस्था छ, सरकारले पर्याप्त लगानी सर्न सकेको छैन, जलवायु परिवर्तनको क्षतिपुर्ति दिदाँ पनि बालबालिकालाई प्राथमिकता दिन जोड दिनुभयो । साथै बालबालिका पोषणमा लगानी गर्न पनि जरुरी रहेको बताए ।

बालबालिकालाई प्राथमिकतामा राखि काम गर्न सरकार प्रतिवद्रद्ध हेको राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाँले बताए । अहिले पनि बालबालिका विभिन्न हिंसा दुरव्यवहारका कारण पीडित भइरहेका छन्, त्यसलाई अन्त्य गर्न बालक्लवका पुर्वसदस्यहरुसँग सहकार्य गर्न सरकार प्रतिवद्ध रहेको उनले जानकारी दिए । सन्देश प्रवाह गर्न र सोही अनुसार सुचना प्रवाहको रुपमा पनि बालक्लवका पूर्व सदस्यहरुले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बालअधिकार प्रर्वधन गर्न साथै बालक्लवमा लगानी बढाइ देशमा दक्ष युवाशक्ति उत्पादनमा योगदान गर्न युनिसेफ तयार रहेको युनिसेफका सोसल पोलिसी विभाग प्रमुख उषा मिश्रले बताए। उनले भने,‘बालबालिकामा गरिएको लगानीले सुन्दर भविष्य बनाउँछ, यसका लागि युनिसेफ सधैं तयार छ । आज नेपालमा जनसंख्याको लाभाँसको रुपमा रहेको युवाहरुको लागि देशले प्राथमिकतामा राखी योजना निर्माण गर्न सकेमा राम्रो हुनेमा उनको जोड रहेको थियो ।

युनिसेफले बालमैत्री स्थानीय शासनको प्रबद्र्धनमा समेत काम गरिराखेको र बालक्लवका सदस्यहरुको यो सम्मेलनले बालमैत्री देश निर्माणमा सहयोग गर्ने र यसको नेतृत्व लिन समेत जोड दिए । साथै देशले सामाजिक सुरक्षामा लगानी गरीरहेको तर बालबालिकामा कम प्राथमिकतामा राखेकोले नीतिहरु तर्जुमा गर्दा बालबालिकाहरुलाई प्राथमिकतामा राखी कामहरु गर्न समेत आग्रह गरे ।

यसैगरी वल्र्ड भिजनका निर्देशक रोजलिन ग्रायविलले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्न नीति र योजनाहरु चाहिने र नेपालका बालबालिकालाई सहयोग गर्न वल्र्डभिजन तयार रहेको र त्यही अनुसार संस्थाले काम गरीरहेको बताए ।

बालक्लवका पुर्वसदस्यहरुले देशमा योगदान गर्न सक्ने वातावरणका लागि सहकार्य गर्न वल्र्डभिजन तयार रहेको उनले जानकारी दिए । वल्र्ड भिजनले बालबालिकाहरुलाई नै प्राथमिकतामा राखी कामहरु गरिराखेकोले यो सम्मेलनबाट अझै प्रभावकारी रुपमा देशभर नै अभियानको रुपमा लैजान समेत सुझाव दिए। यो सम्मेलनबाट देशलाई वि.स. २०८७ सम्म बालमैत्री र पोषणमैत्री गराउने योजना निर्माण गरी काम गरिराखेकोले यो विषयलाई पनि स्थानीय स्तरसम्म लैजानको लागि अभियान सुरु गर्न अनुरोध गरे ।

बालक्लवका पुर्वसदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु भएको छ । १८ वर्ष सम्म बालक्लवमा रहेर पासआउट भएका देशभरका १५० जना युवाहरु एकसाथ भेला भएर विभिन्न विषयमा छलफल गर्ने गरी आज र भोली दुई दिन सम्म यो सम्मेलन सञ्चालन हुनेछ । हाल देशभर तीसहजार भन्दा बढी बालक्लवहरु सक्रिय छन् । बालक्लवमा ८० लाख भन्दा बढी बालबालिका आवद्द्ध छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालका नेतृत्व सहीत चङ्गा फाउण्डेशन, हामीदाजुभाइ, युवालय, क्रियसन सोसाइटी, याभ नेपाल र कन्र्सन सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो । १९ वर्ष देखि २५ वर्ष सम्मका युवाहरु यो कार्यक्रममा सहभागी रहेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य तथा विषयवस्तु बारे जानकारी बालअधिकारकर्मी राजेश शर्माले राख्नुभएको थियो । उहाँका अनुसार देशभरबाट छनोट भएका बालक्लवका पुर्व सदस्यहरुले बालअधिकारका विभिन्न विषयमा छलफल, परामर्श गर्ने कार्यक्रम रहेको छ । जलवायु परिवर्तनले बालबालिकामा परेको असर, बालसहभागिता, युवा उद्यमशिलता, युवाहरुको नागरिक सहभागिता, बालबालिका माथि हुन सक्ने हिंसा, दुवर्यवहार लगायतका विषयमा बालक्लवका पुर्व सदस्यहरुले गर्न सक्ने योगदानका बारेमा छलफल हुनेछ ।

बालक्लवमा गरिएको लगानीले युवा उमेरका दक्ष जनशक्तिले देशको समृद्दिमा योगदान गर्न सक्ने आयोजक संस्थाहरुको भनाइ रहेको छ । ‘नीति, योजना र कार्यक्रम निमार्ण गर्दा बालबालिकालाई प्राथमिकता दिन, बालक्लवका पुर्व सदस्यहरुको सिकाइ र अनुभवलाई आत्मसाथ गर्न सरकार र सरोकारवालाहरुलाई जिम्मेवार बनाउन यो कार्यक्रम आयोजना गरिएको हो । साथै युवाहरुको करिअरलाई पनि सघाउ पुरयाउन युवाको नेतृत्वविकास, उद्यमशिलता जस्ता विषयमा छलफल गरी काठमाडौं घोषणा पत्र जारी गर्ने लक्ष्य लिइएको छ । बालक्लवका पुर्व सदस्यहरुको राष्ट्रिय सम्मेलन हरेक वर्ष संघीयतह र प्रदेशस्तरमा आयोजना गर्ने लक्ष्य लिइएको सम्मेलनका संयोजक एवम जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए।

नेपालको पहिलो स्वस्फृत बालक्लव जागृति बालक्लवका संस्थापक तथा जागृति वाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो । ‘देशभरका बालक्लव पूर्व सदस्यहरुले सिकेको सिकाइलाई सबै क्षेत्रमा सिकाइको माध्याम बनाउन यो सम्मेलनले योगदान गर्ने उनले बताएका थिए ।

देशभरबाट जम्मा भएका युवाहरुले बालबालिका राष्ट्रिय गौरव हुन अभियानमा पूर्व बालक्लवका सदस्यहरुको भुमिका, यौन तथा प्रजनन स्वास्थ्य, सामाजिक सुरक्षा, युवाहरुको नेतृत्व विकास र सिभिक स्पेस, उद्यमशिलता, किशोरी शसक्तिकरण, बाल विवाह, बाल सहभागिता अभिबृद्धी, अनलाईन सुरक्षा र अन्य फरक फरक गरी १० सेसनहरु सञ्चालन हुने र सो सेसनमा सहभागिता जनाई घोषणापत्र तयार गरी समापन गर्ने आयोजकले बताएको छ ।

काठमाडौमा सञ्चालन हुने २ दिनको यो सम्मेलनलाई युनिसेफ, सेभ द चिल्ड्रेन, क्यान्नालन, वल्र्ड भिजन ईन्टरनेशलन नेपाल, केयर नेपाल, टिडिएच जर्मनी र चाईल्ड फण्ड जापानको सहयोग र ओरेक, साथी, स्वतन्त्रता अभियान, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, भ्वाईस अफ चिल्ड्रेन, आधरा, किडार्क, सिवीन नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल, लगायत विभिन्न राष्ट्रिय र क्षेत्रिय स्तरमा स्थापना भएका संस्था र सञ्जालहरुको सहकार्य समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्