नागरिक सरकार गठन गर्ने दुर्गा प्रसाईंको घोषणा



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नागरिक सरकार गठन गर्ने घोषणा गरेका छन् ।

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाँउगाँउ वडादेखि आफूहरुको अभियानलाई शसक्त बनाउने निर्णय गरिएको जानकारी दिए ।

उनले वैदिक सनातन सापेक्ष मुलुक बनाइ राजसंस्थाको मुद्दालाई थप स्थापित गराउन मेचीमा बालेको दियो फागुन १ गते काठमाडौँको वसन्तपुरमा ज्ञानेन्द्र शाहकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र सहित परिवर्तनको घोषणा गर्ने बताए ।

आफूहरुको माग पूरा गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्