नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघद्धारा रुकुम पश्चिमका भूकम्प पिडीतलाई राहत वितरण



काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको सहयोगमा त्रीबेणी–७ रुकुम पश्चिममा भूकम्पबाट प्रभावित वडाका ६७५ जना विद्यार्थीहरुलाई न्यानो स्वेटर प्रदान गरिएको छ ।

सो सहयोग संघका अध्यक्ष सी.ए. दिपक पाण्डे र केन्द्रीय सदस्य सी.ए. पृथ्वी पुन मगरले एक कार्यक्रमका वीच वितरण गरेका हुन् । कार्यक्रम श्री साधारण माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो ।

कार्यक्रममा त्रीबेणी गाउपालिकाका अध्यक्ष गणेश के.सी.’हिमाल’, ७ नं वडा अध्यक्ष धनबहादुर खड्का, वडा सदस्यहरु, ६ वटै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु तथा शिक्षक शिक्षिकाहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष पाण्डेले रुकुम जाजरकोटको पीडामा मल्हम लगाउन संघ आइपुगेको र भविष्यमा पनि कुनै खाले सहयोग आवश्यक भए संघलाई आग्रह पालिका अध्यक्ष ुहिमालुले रुकुमको दुःखमा साथ दिन आएकोमा संघलाई धन्यवाद दिए ।

संघका केन्द्रीय सदस्य पृथ्वी पुन मगरले आफ्नो गाउँ दुख्दा आफू बेचैन भएकोले सहयोग लिएर आएको बताए । उनका अनुसार संघका उपत्यका प्रदेश कमिटी प्रमुख सी.ए. टिका कार्की र उहाँ सम्मिलित समितीले अहोरात्र खटेर संघका सदस्यहरुबाट सहयोग संकलन गरेको बताए ।

सो कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश वुढा मगरले गरेका थिए । राहत वितरण कार्यक्रममा विद्यार्थी भाई बहिनीहरुले नृत्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्