प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईमा भएको विश्व जलवायु शिखर सम्मेलन ९कोप– २८० मा सहभागी भएर आज स्वदेश फकिँदै छन् ।

प्रधानमन्त्री दाहाल फ्लाइ दुबईको विमानमार्फत आज साँझ ६ बजे काठमाडौँ आइपुग्ने तालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनी सम्मेलनमा सहभागी हुन यही मंसिर १३ गते यूएई गएका थिए ।

प्रधानमन्त्री दाहालले कोप– २८ सम्मेलनलाई हिजो सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनको असरमा नेपालको शून्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्