माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले राष्ट्रिय सभामा रिक्त हुने पदमा आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको छ ।

जसमा १९ जना निर्वाचनमार्फत् चयन हुनेछन् भने एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्