स्वर्णिम क्वाटरफाइनलमा



काठमाडौं । स्वर्णिम नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा स्वर्णिमले साइ निलायमलाई १०–६ ले पराजित ग¥यो । स्वर्णिमकी नितिशा महर्जनले ५ अंक जोडिन् ।

जुनियर ब्वाइजमा आयोजक रेडियन्टले साइ निलायमलाई १९–४, इडेन ब्रिज एकेडेम (इबीए) ले पिपुल्स एकेडेमीलाई २२–४ र श्रृजना ज्ञान सागरले रेडियन्ट रिडर्सलाई २०–६ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्टका अर्नभजंग कार्कीले ७, इबीएका आदित्य श्रेष्ठले ९ र श्रृजना ज्ञान सागरका प्रिमल तामाङले ९ स्कोर गरे । सोही स्पर्धाको लिग खेलमा ग्रिनफिल्डले ग्रिन लन्सलाई २३–३ ले पाखा लगायो । ग्रिनफिल्डका लागि रिसन तामाङले ७ अंक जोडे ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्किब्सलाई ३५–४, जेनिथले केभीसीलाई ४१–१६, रेडियन्ट पब्लिकले रेडियन्ट रिडर्सलाई ४३–२२ र पिपुल्सले विस्डमलाई ३४–१२ ले पन्छ्याउदै प्रिक्वाटरफाइनल यात्रा तय गरे । ग्रिनफिल्डका पुजन उप्रेतीले ११, जेनिथका अनिश गुरुङले ८, रेडियन्टका सन्तोष शर्माले १६ र पिपुल्सका सरोज न्यौपानेले १० स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्