माउन्ट ग्लोरी र ज्ञानोदय विजयी



माउन्ट ग्लोरी र ज्ञानोदयले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सफलता पाएका छन् ।

माउन्ट ग्लोरीले रेडियन्ट रिडर्सलाई २०–१५ ले पराजित ग¥यो । माउन्ट ग्लोरीको जितमा हेमन्त महर्जनले ७ अंक योगदान गरे । सक्षम भट्टको ७ अंक सहयोगमा ज्ञानोदयले श्रृजना ज्ञान सागरलाई २९–१४ ले हरायो ।

सिनियर ब्वाइजमै विल्सन एकेडेमीले एनआईसीलाई २८–२१, निसर्ग वाटिकाले गोल्डेन फ्लावरलाई २६–५ र एन्जल लर्डले एलआरआईलाई २६–१४ ले पाखा लगाए । विल्सनका राजेश चौधरीले ११, निसर्गका सरुश डंगोलले ८ र एन्जल लर्डका रवि कार्कीले ११ स्कोर गरे ।

जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले प्राइम ग्लोबललाई १०–६ तथा ओरेकल रेले रेडियन्ट रिडर्सलाई १४–८ ले पन्छाए । पिपुल्सका सविन विकले २ तथा ओरेकलका शुलभ केसीले ६ अंक बटुले ।

सिनियर गल्र्समा आयोजक रेडियन्ट पब्लिकले ज्ञानोदयमाथि २७–१८ तथा एलआरआईले ओएसिसमाथि १३–८ को जित दर्ता  गरे । रेडियन्टकी दिब्यान्शा कार्कीले २४ तथा एलआरआईकी रिडम भुजेलले ४ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्