अध्यक्ष ओली आज धनगढी जाँदै



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलालीको धनगढी जाँदै छन् ।

बिहीबारबाट सुरु हुने एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग पदयात्राको उद्घाटनका लागि उनी आज अपराह्न ४ बजे बुद्ध एयरको विमान मार्फत धनगढी जान लागेका हुन् ।

ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पनि त्यस तर्फ जाने कार्यक्रम रहेको छ ।

एमालेले १४ गते बिहान बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्नेछ । झुलाघाट–चिवाभञ्ज्याङ (पाँचथर) यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्