गणतन्त्रको विकल्प नभएकाले विरोध गर्नुको कुनै अर्थ छैन : देउवा



चितवन । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प नभएकाले यसको विरोध गर्नुको कुनै अर्थ नभएको बताए ।

उनले गणतन्त्रको विरोध गर्नेहरूको कुनै अर्थ नरहेको उल्लेख गर्दै यस्ता गतिविधिबाट राजनीतिक दलहरू नआत्तिएको बताए ।

वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरूले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘थाहा पाइहाल्नु हुन्छ नी ।’

सो अवसरमा कांग्रेस नेता डा.शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । उनले भने, ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।’ सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्