दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले गौशालामा कार्यक्रम गर्ने



काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानले आन्दोलनको पाँचौँ दिन आज गौशालामा कार्यक्रम गर्ने भएको छ ।

महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले आज पौने १२ बजे गौशालामा हुने कार्यक्रममा साधुसन्त तथ पण्डितहरूको ऐक्यबद्धता रहेको जनाएका छन् ।

उनले यही मंसिर ७ गतेबाट काठमाडौँमा सुरु भएको प्रदर्शन अब देशको मुख्य राजधानी काठमाडौँसहित जिल्ला केन्द्रित हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्