एक महिनादेखि बेपत्ता जगदिश, खोजी दिन परिवारको आग्रह



काठमाडौं । महोत्तरी र सर्लाहीको सिमानाबाट विगत करिब एक महिना देखि एक किशोर बेपत्ता भएका छन् । गोरखाको अजिरकोट–५ चौताराडा निवासी जगदीश नेपाली कात्तिक १४ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ ।

भाईको व्यवसायमा सहयोग गर्न भनि गोरखाबाट भाइसँगै इटहरि गएका जगदीशको बाटोमा अचानक मानसिक समस्या देखिएपछि इटहरि पुगेकै सोहिदिन बिहान भाई संजयले जगदीशलाई उपचारका लागि काठमाडौं ल्याउँदै थिए ।

काठमाण्डौ आउँदै गर्दा भाई संजय निदाएको मौका पारी मध्य रातमा बसबाट ओर्लिएका जगदीश किन ओर्लिए र कहाँ गए अहिले सम्म परिवारले फेला पार्न सकेको छैन । आफ्नो साथमा भएको मोवाईल समेत भाईको ज्याकेटको पकेटमा राखिदिएर हराएका जगदीशको खोजीमा अहिले परिवार भौतारि रहेको छ ।

महोत्तरीको बर्दिवास,सर्लाहिको लालबन्दि र केशरगंज प्रहरी चौकिमा भाई संजयलाई खोज्न निवेदन दिएको भएपनि प्रहरीले भाईलाई खोज्न खासै चासो नदिएको जगदिशका जेठादाई बिजय नेपालीले बताए ।

कालो सेतो मिसिएको सुईटर,खैरो टाटेपाटे ज्याकेट,कपडाको पाईन्ट लगाएका ५.८ फिट हाईट र गहुँ गोरो वर्ण भएका जगदीशको दाईनेहातमा ४ वटा औला नभएका कारण उनको हात हेरेमा सहजै चिन्न सकिने उनका दाइ बिजयले बताए ।

प्रतिक्रिया दिनुहोस्