नवनियुक्त मुख्य न्यायाधीशहरुले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीशहरु नियुक्ति सिफारिस गरेको थियो ।

उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीश सिफारिस भएका थिए ।

प्रतिक्रिया दिनुहोस्