काठमाडौंको तीनकुनेमा युवा संघको प्रदर्शन (तस्वीरहरू)



काठमाडौँ । एमालेको भ्रातृसंगठन युवा संघ र अनेरास्ववियुको संयुक्त आयोजनामा काठमाडौँको तीनकुनेमा प्रदर्शन सुरु भएको छ ।

बिहान १० बजे भेला भइसक्ने तयारी भए पनि अझै केही स्थानबाट युवा संघ र कार्यकर्ताको र्‍याली तीनकुने आइसकेको छैन ।

तीनकुनेको प्रदर्शन स्थलमा एमाले नेता महेश बस्नेत र केही सांसदहरूको उपस्थिति देख्न सकिन्छ । पार्टीको भ्रातृ संगठनको झण्डा र रातो क्याप लगाएर कार्यकर्ता उपस्थित भएको देख्न सकिन्छ । यहाँ शान्तिपूर्ण प्रदर्शन भइरहेको छ ।

एमाले नेता महेश बस्नेतको नेतृत्वमा वर्तमान व्यवस्था रक्षाका लागि शक्ति प्रदर्शन गरिएको छ । कम्तीमा २० हजार युवा प्रदर्शनमा सहभागी गराउने उनीहरूको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्