गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुन सक्दैन : महेश बस्नेत



काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूहरूको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताएका छन् ।

युवा संघले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन अघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले अहिले बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि प्रतिगामी तत्त्वबाट चुनौति खडा गर्ने प्रयास हुन खोजेकाले त्यसका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको बताए ।

उनले गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुन नसक्ने स्पष्ट पारे । कथित राजतन्त्रवादीले गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाईंजस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खोजेको उनको भनाइ थियो ।

त्यस्तै, बस्नेतले राजनीतिक आग्रहका आधारमा सरकारले काम गर्न खोज्दा भ्रष्टाचार अन्त्य हुन नसकेको र सुशासन कायम हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्