सरकारद्धारा ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत



काठमाडौँ । सरकारले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

यस्तै, बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्साई आफ्नो पदबाट दिएको राजीनामा गत कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्