
काठमाडौँ । धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी स्थायी घर भई हाल धनकुटा–१ निगालेमा बस्दै आएका टिकाराम गुरुङसहित उनकी श्रीमती र छोरा मृत अवस्था भेटिएका हुन् ।
गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा र १० वर्षीय छोरा आयुष हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीय मानिकलाल श्रेष्ठको खाली घरमा बसी ज्याला मजदुर गर्दै आएका गुरुङले मादक पदार्थ सेवनको कारण घरायसी विवाद हुँदा मृतक गुरुङले घटना घटाएको हुन सक्ने प्रहरीको भनाई छ ।





