उपत्यकामा अत्यावश्यकबाहेक सवारी साधन सडकमा ननिकाल्न प्रहरीको अनुरोध



काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकामा अत्यावश्यक काम बाहेक सडकमा सवारी साधन ननिकाल्न अनुरोध गरेको छ ।

आज राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, जनता बचाउँ महाअभियानले विभिन्न ठाउँहरूबाट र्‍यालीसहित प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा समस्या हुन सक्ने भएकाले सकेसम्म सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ।एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्