विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाका लागि बाल उद्धार माविद्वारा अभिभावक भेला आव्हान



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको एकमात्र नमूना विद्यालय ‘बाल उद्धार माध्यमिक विद्यालय’ले विद्यालय व्यवस्थापन समितिका गठन प्रक्रियाको लागि अभिभावक भेला आव्हान गरेको छ ।

व्यवस्थापन समिति गठन प्रक्रियाका लागि अभिभावक मध्येबाट एक महिला र एक पुरुष चयन गर्नुपर्ने भएकोले समितिको सदस्य हुनका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीका बुवा, आमा, हजुरबुवा, हजुरआमा, दाईदिदी र विद्यालयको रेकर्डमा भएको स्थानीय अभिभावक भएको प्रमाण सहित भेलामा उपस्थित हुन विद्यालयले अनुरोध गरेको छ ।

साथै, एक भन्दा बढी उम्मेद्वार भएमा चुनावी प्रक्रिया अवलम्बन गरिने समेत विद्यालयका प्रधानाध्यापक  विनोद पण्डितले जानकारी गराए ।

अभिभावक भेला २०८० मंसिर २२ गते (शुक्रबार) बाल उद्धार माविको सभाहलमा विहान ठिक ८ बजेबाट हुनेछ ।

बाल उद्धार माविद्वारा जारी सूचना :

यसअघि गत भाद्र २५ गते बूढानिलकण्ठ नगरपालिका शिक्षा महाशाखाले एक सूचना जारि गर्दै भाद्र १३ गतेको कार्यपालिका निर्णय अनुसार वडाध्यक्ष मुख्य जिम्बेवार हुने भएकाले वडाध्यक्षसंग समन्वय गरि सूचना बमोजिम व्यबस्थापन समिति गठन गरि महाशाखामा जानकारी गराउन अनुरोध गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिमा सात सदस्य मध्ये एक जनप्रतिनिधि सहित तिन जना वडा कार्यालयले चयन गर्नेछ भने एक शिक्षक प्रतिनिधि शिक्षक मध्येबाट छनोट हुनेछन। त्यसैगरी विधालयका विद्यालयका सदस्य सचिव हुनेछन।

प्रतिक्रिया दिनुहोस्