नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिममा : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उच्च तापक्रम वृद्धिले गर्दा हिमालका दुई तिहाइ हिमभण्डार पग्लिने अध्ययनहरुले देखाएको बताए ।

उनले परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आएको फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण बहुपक्षीय चुनौतीको सामना गर्नुपरिरहेको बताए ।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लिने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुख्खा खडेरी तथा तराई मधेसमा बाढी पहिरोको रूपमा देखिन थालेको बताए । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने, पहाडमा सुख्खा पहिरो र तराईमा बाढी आइरहेको उल्लेख गरे।

उनले हिमाल, पहाड, र तराई मधेशमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, जनजाति, महिला, बालबालिका, अशक्त, तथा ज्येष्ठ नागरिकहरु जलवायु परिवर्तनको असरबाट बढी प्रभावित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्