भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा



काठमाडौं । सरकारले भूकम्प प्रभावित पाँच जिल्लामा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता बापतको एकमुष्ट १ अर्ब ४१ करोड रुपैयाँ निकासा भएकोे जानकारी दिएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम निकासा भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार भुकम्पको केन्द्रबिन्दु जाजरकोटमा ५० करोड रुपैयाँ निकासा भएको छ भने भूकम्पबाट प्रभावित अर्को जिल्ला (रुकुम (पश्चिम) मा पनि ५० करोड पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्