यस्तो छ सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका(पूर्णपाठसहित)



काठमाडौं । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका जारी गरेको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० अनुसार अब सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ ।

कम्पनीहरू तीन महिनाभित्र सूचीकृत नभए सरकारले ती कम्पनीको सञ्चालनमा रोक लगाउन सक्नेछ । त्यस्ता कम्पनीहरूले प्रत्येक तीन वर्षमा नवीकरण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नहुने कार्य समेत निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार प्रयोगकर्ताले फेक आईडी, पेज र गु्रप सिर्जना गर्न पाइने छैन् ।

बालश्रम, बहुविवाह, बालविवाह, जातीय छुवाछूतलगायत कानूनले वर्जित गरेका क्रियाकलापलाई प्रोत्साहन गर्न नपाइने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्