राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन् ।

आइतबार काठमाडौँको कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

छठ पर्वको दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाआजा गर्ने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्