
ईसेवा मनी ट्रान्सफर, नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनीले UK इस्थित TangoPay को साझेदारीमा iPhone योजना ल्यएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुनेछ, जस अन्तर्गत UK बाट TangoPay मार्फत रेमिट्यान्स पठाउने एक भाग्येशाली विजेताले जित्न सक्नु हुनेछ iPhone 15। साथै ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले जित्न सक्नु हुनेछ काठमाडौंमा घर।
यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई iPhone जित्ने मौका सुनिश्चित गर्न सक्नुहुनेछ। ईसेवा मनी ट्रान्सफर, ग्राहकहरुलाई सहज सेवा प्रदान गर्न प्रतिबद्ध छ र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुदा सहज सुविधाको सुनिश्चित पनि गर्दछ।
अजेश कोइराला, प्रमुख कार्यकारी अधिकृत ईसेवा मनी ट्रान्सफर, “ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौ। TangoPay को साझेदारीमा iPhone योजना सुचारू भए संगै अब UK बस्दै गर्नु भएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई iPhone जित्न सक्नुहुनेछ।“
ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।





