शिवपुरी डोजोको सरसफाइ



नेपाल शितोरियो कराते डो संघ, शिवपुरी डोजो, नुवाकोटले शुभ दिपावलीको अवसरमा शिवपुरी गाउँपालिका वडा ८, सत्तरीफाँट वरपर वृहत् सरसफाइ कार्यक्रम सपन्न गरेको छ ।

उक्त कार्यक्रममा डोजोका पदाधिकारी, खेलाडी, प्रशिक्षक, अभिभावक, समाजसेवीलगायतले सरसफाइ कार्यक्रममा सहभागिता जनाएको शिवपुरी डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शेखर थपलियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्