बूढानीलकण्ठ–१० को शुभकामना आदान–प्रदान कार्यक्रम हुँदै



काठमाडौं । बूनपा १० रुद्रमती कोरिडोर स्थित कार्की इभेन्ट्समा बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले कार्तिक २५ शुभकामना आदान प्रदान गर्ने भएको छ ।

बिहान ७ बजे शुरु हुने शुभकामना तथा चियापान कार्यक्रममा उल्लेख्य सहभागिताका लागि  वडाध्यक्ष नवराज भट्टराईले सम्पूर्ण वडावासीमा अनुरोध गरेका छन् ।

विभिन्न पर्वहरुको अवसरमा हुने सो शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको प्रचार र समन्वय गर्नका लागि वडाका संघ संस्था, युवा क्लव, महिला समुह तथा अन्य सरोकारवालाहरु वडा नं १० ले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्