काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने



काठमाडौँ । यसपालिको तिहारमा काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले यो वर्ष काठमाडौँ महानगर नगरप्रहरीले राती १ बजेसम्म सुरक्षा ब्यवस्था मिलाएको र सोही समयसम्म देउसी भैलो खेल्न पाइने बताएका हुन् ।

मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौँभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो, यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिन हुन अनुरोध गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्