ज्येष्ठ नागरिक र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड



बाँके । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन् ।

रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिक प्राथमिकतामा रहेको बताए ।

उनले भने, राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ, राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्