
काठमाडौँ । यही कार्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिकामा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेका ती व्यक्तिको बारेमा केही खुलाएको छैन ।
पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीले आज उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली आइतबार मुगु गएको थियो ।





