
काठमाडौं । अर्घाखाँची जिल्लामा परापूर्व काल देखी नै अग्रजहरुबाट संचालन हुँदै आइरहेको जिल्लाकै ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको परम्परागत भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । कात्तिक २२ गते बुधबार अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहकार्यमा हनुमानढोका, वसन्तपुर (कालभैरवअगाडि) भैरव नाचको प्रदर्शन भएको हो ।
भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने पौराणिक, धार्मिक र सांस्कृतिक नाच हो । अरू जिल्लामायसलाई लाखे नाच भनेर भन्ने गरिए पनि अर्घाखाँचीमा भने भैरव नाच भन्ने गरिएको भैरव नाच व्यवस्थापनसमितिका संयोजक अभिमन्यु बस्यालले बताए । उहाँले भने, “लाखे नाचमा एउटा मुकुट लगाएर नाच्नेगरिन्छ भने अर्घाखाँचीको भैरव नाचमा तीन वटा मुकुट लगाएर नाच्ने गरिएको छ । कालो मुकुट शिवजीको स्वरूपहो भने रातो मुकुट देवीको र सेतो मुकुट गणेशको प्रतीक हो ।”
अर्घाखाँचीदेखि बुटवल र अन्य जिल्लामा स्थानीयको सहयोगमा यो नाच प्रदर्शन गरिँदै आएको छ । काठमाडौँमायो नाच गर्नुको उद्देश्य भने काठमाडौँको नेवारी सभ्यता र संस्कृति तथा अर्घाखाँचीको सभ्यता र संस्कृतिलाई कसरीजोड्न सकिन्छ र कसरी पारस्परिक सम्बन्ध विकास गर्न सकिन्छ भन्ने रहेको बस्यालले बताए । अर्घाखाँचीसन्धिखर्कका युवा यो नाच पहिलो पटक काठमाडौँमा लिएर आएको पनि उनको भनाइ छ । भैरव नाच यहाँ प्रस्तुतगरेपछि अर्घाखाँची नै लिएर गइन्छ । दशैको घटस्थापनको दिन यो नाच विधिपूर्वक निकालिन्छ भने तिहारकोऔँसीको दिन यसलाई विसर्जन गरिन्छ ।
आयोजक समुहका संयोजक बस्याल भने, “यो धेरै पौराणिक नृत्य हो । जुन हजारौँ वर्षदेखि चल्दै आएको छ। हामीले यसलाई ताण्डव नृत्य पनि भन्न सक्छौँ । कालो भैरव ठुलो मुकुट लगाएर चौँरी गाईको छालाबाट बनेकोठुला ठुला मादलको तालमा नाचिन्छ । यो मादलको ताल तन्त्र साधना अन्तर्गतको हुन्छ, त्यसबाट विभिन्नकिसिमको ध्वनि उत्पन्न हुन्छ । त्यसैको तालमा भैरव बन्नेले नाच देखाउँछन् । एउटा विशेष किसिमको झन्डै १०किलोको मुकुन्डो लगाएर सँगसँगै डङ्किनी पनि लिएर करिब तीन घण्टासम्म सात तालमा नाच प्रस्तुत गरिन्छ । “यो नाचका लागि ठुलै ऊर्जा र शक्ति चाहिन्छ ।”





