११ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले सेयर बजार ओरालो लागेको छ ।

तीन दिन उकालो लागेको सेयर बजारको बिहीबार नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ ।

२८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्